

काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. चोपलाल भुसाललाई नियुक्त गरेको छ । भुसालललाई आगामी चार वर्षको निम्ति नियुक्त गरिएको बताइएको छ ।
यसअघि काउन्सिलका अध्यक्ष डा, भगवान कोइराला थिए । उनको कार्यकाल गत कात्तिक १८ गतेदेखि पूरा भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।