

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।यस्तै, तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर चाँदी १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।