काठमाडौं खबर मंसिर १५, २०८०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल लाजिम्पाटस्थित शंकर होटल पुगेका छन् । उनी साँझ ६ बजेको समयमा राष्ट्रपति कार्यालयबाट त्यहाँ पुगेको बताइएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनी विवाह भोजमा सहभागी हुन गएका हुन् । होटलमा आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको छोराको विवाह भोजको आयोजना गरिएको छ ।