

युक्रेनविरुद्ध लड्नका लागि रुसी सेनामा भर्ती भएका ३ जना नेपालीको मृत्यु भएको छ। मस्कोस्थित नेपाली दूतावासका उच्च अधिकारीका अनुसार उनीहरू मारिएको घटनाबारे विस्तृत विवरणहरू नेपाल सरकारलाई पठाइसकिएको छ।
दूतावासका अनुसार स्याङ्जा पुतली बजारका प्रितम कार्की,दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको निधन भएको हो ।