काठमाडौं । नेपालका धेरै गृहणी महिलाहरू विदेशमा रहेका युवाहरूसँग रातभर रातभर कुराकानी गरेर बस्ने गरेको एक अध्ययनले जनाएको छ ।
विशेषगरेर सहरी क्षेत्रमा बस्ने निम्न मध्यमवर्गीय महिलाहरू सामाजिक सन्जालमार्फत विदेशमा रहेका युवाहरूलाइ आकर्षित गर्ने गरेको घटनाहरू सार्वजनिक भएको हो । भरतपुरका कविन्द्र(नाम परिवर्तन) ले प्रहरीमा दिएको एक उजुरीपछि प्रहरीले गरेको अध्ययनमा घरमा काम गरेर बस्ने र श्रीमान बिभिन्न काममा व्यस्त हुने महिलाहरू विदेशमा रहेका पुरूषसँग कुराकानी गर्ने तथा उनीहरूलाइ बिभिन्न तरिकाबाट आकर्षण गर्ने गरेको पाइएको हो ।
कतिपय सामान्य गृहणी महिलाहरूको सामाजिक सन्जालमा कतै पनि आफन्त नपर्ने तर विदेशमा काम गर्ने युवाहरू साथी हुने गरेको पाइएको छ । विदेशमा काम गर्नेहरूसँग घण्टौँ राति कुरा गर्ने तथा उनीहरूसँग बिभिन्न बहानामा पैसासमेत लिने गरेको देखिएको छ ।
पेशाले ड्राइभर कविन्द्रले आफ्नी श्रीमतीले विदेशमा रहेका युवाहरूसँग कुरा गर्ने र घरको काम र आफूसँग टाढा हुँदै गएको भन्दै प्रहरीमा उजुरी गर्दा दुवइमा रहेका एक युवासँग पैसा लिएको प्रमाणसमेत पेश गरेका थिए । २ बच्चाकी आमा आफ्नी श्रीमती विदेशमा एक्लै बसिरहेका युवाहरूसँग रातभर कुरा गर्ने तथा सामाजिक सन्जालमा पिन नम्बर राखेर हेर्न नमिल्ने बनाउने गरेको भनेर उनले उजुरी गरेका थिए ।
कविन्द्रले उजुरी गरेपछि उनकी श्रीमतीसँग प्रहरीको महिला सेलले गरेको सोधपुछ र अध्ययनले उनी करिब १० जना पुरूषसँग बिभिन्न कालखण्डमा कुराकानीमा रहेको प्रहरीले जनाएको छ । कविन्द्रकी श्रीमती शिला(नाम परिवर्तन) करिब ७ वर्षदेखि बिभिन्न युवाहरूसँग कुराकानी गर्ने गरेको तथा तीमध्ये कतिपयसँग सम्बन्ध बिग्रिएको देखिएको छ ।
प्रहरीका अनुसार शिलाजस्ता समाजमा धेरै पात्रहरू राति-राति विदेशमा रहेका युवाहरूसँग कुरा गर्ने गरेका छन् । विदेशमा बस्नेहरूसँग कुराकानी गर्दा नेपालमा बस्नेहरूसँगको भन्दा सुरक्षित हुने तथा रातिको समयमा हुने भएकाले कसैसँग लुक्न नपर्ने भएको पनि सहज भएको प्रहरीको अनुसन्धानमा भेटिएको छ । विदेशमा बस्ने युवाहरूसँग हुने अधिकांश कुराकानी यौनजन्य गतिबिधिका हुने देखिएको छ । म्यासेन्जरमार्फत युवाहरूसँग भिडियोमा पनि यौनजन्य गतिबिधिका सम्वाद हुने गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक सविता भण्डारीले भनिन्, समाजिक सन्जालमार्फत परपुरुषसँग यौनजन्य गतिबिधिमा संलग्न विषय नेपालमा भुसको आगोझैँ फैलिएको छ । यसलाइ रोक्न सजिलो छैन ।
फेशबुक, इन्स्टाग्राम, टिकटक, इमोलगायतका सामाजिक सन्जालका म्यासेन्जरहरू निगरानीमा राख्नुपर्ने गरी दुरूपयोग भएको भन्दै निरीक्षक भण्डारीले यो विषयमा नेपाल प्रहरीले गम्भीररूपमा हेरिरहेको बताएको छ ।