प्रख्यात कवि तथा कलाकार बालकृष्ण सामकी छोरी रश्मीराज्यलक्ष्मी शाह आफ्ना श्रीमान् जगतप्रकाशजंग शाहसँगै नेपाली कांग्रेसले नेतृत्व गरेको राणाविरोधी लोकतान्त्रिक आन्दोलनमा पूर्ण सहयोगी थिइन् । सन् १९६२ मा राजा महेन्द्रको सरकार विरुद्धको विद्रोहमा जगत शाह मारिएपछि रश्मि राज्य शरणार्थीको रूपमा कलकत्तामा बसिन् । छोरा नवीन प्रकाशजंग शाह श्रीमान्को मृत्युपछि मात्रै विवाहित महिलाको रातो चिह्न धारण गरेको सम्झना गर्छन् । माथिको कविता (शीर्षकविहीन कविता) सोही वर्ष तीजको एक दिनअघि उनले आत्महत्या गर्नुभन्दा केही समय अगाडि लेखेकी थिइन् ।
अनुसन्धानबाट हामी थप जानकारी पाउँछौं, रश्मी राज्यलक्ष्मी २००७ सालतिर भर्खरै स्थापित रेडियो नेपालको सहनिर्देशक पदमा कार्यरत थिइन् । सोही पदमा रहँदा उनी राजा त्रिभुवन, युवराज महेन्द्र तथा बीपी कोइरालासँग सोफामा बसेको एउटा तस्वीर छ । अर्को तस्वीरमा ज्ञानेश्वरस्थित निवास बाहिर पतिसँग मोटरसाइकलमा सवार देखिन्छिन्, उनी । भनिन्छ, त्यतिबेला नै उनी ‘मोडर्न’ पश्चिमा पहिरनमा हिंडडुल गर्थिन्, नुवाकोटमा पतिसँग पदयात्रामा जान्थिन्, राजनीतिक काममा क्रियाशील थिइन् ।
उनको बारेमा भारतको एउटा चर्चित अनलाइन द वायरले पनि वृत्तचित्र छापेको छ । त्यसमा उल्लेख भएअनुसार ’आमरूपमा प्रचलित एउटा यथार्थ भनाइ छ, इतिहास लेखन आममानिसको जीवन र भोगाइलाई उपेक्षा गर्दै शासक खानदान र भारदारीमा केन्द्रित हुन्छ । तर, नेपाल पिक्चर लाइब्रेरीको यस अनुसन्धानले त अभिजात्य परिवारको असामान्य व्यक्तित्व र उनको जीवन-मरण पनि सजिलै विस्मृतिमा जाँदो रहेछ भन्ने दर्शाउँछ । अग्रगामी समाजको सूचक के हो भने, फोटो, पुस्तक र अन्य सामग्रीलाई जब ‘आर्काइभिष्ट’ हरूले हाम्रोसामु पेश गर्छन्, अन्य विधाका कलमजीवीले प्रस्तुतिलाई मनन् गरेर थप गहिरो गरी इतिहास नियाल्छन् र सामाजिक रूपान्तरणका विभिन्न पाटाहरूको विश्लेषण गर्छन् । काठमाडौं उपत्यकाका चोक-गल्लीमा हालै प्रस्तुत ‘फोटो काठमाडौं’ का अनेकन् प्रस्तुतिले हामीलाई थप कुरा जान्न खुल्दुली जगाउँछन्, नखुलेका पाटा के के हुन् भन्ने कुरातिर धकेल्छन् ।’
अनि मुख्य पात्रको ‘मरण’ कै कुरा गरौं- सन् १९६२ मा पति जगतप्रकाशजङ्ग शाह मारिएपछि रश्मि राज्यलक्ष्मी राजनीतिक शरणार्थी भई कलकत्तामा बसोबास गर्न थालिन् । त्यही वर्षको तीजमा उनले दुलहीको पहिरनमा सजिएर आत्महत्या गरिन् । मृत्युको ढोकैमा उभिएर उनले आफ्ना पतिको सम्झनामा कविता रचेकी थिइन् । परियोजनाले क्यानोनाइज गर्दैन वा एकल वीर कथा निर्माण गर्ने प्रयास गर्दैन। यमीजस्तै राजतन्त्रको पक्षपातिलगायत राजनीतिक क्षेत्रका महिलाहरू छन्। त्यहाँ कुलीन रश्मी राज्य लक्ष्मी शाहको नाटकीय छविहरू छन्, उनको नाटककार पतिसँग ट्राउजरमा पोज । राजतन्त्रविरुद्ध नेपाली कांग्रेसको समर्थक, उनले अन्ततः आफ्नो पतिको विद्रोहमा मारिएपछि निर्वासनमा आत्महत्या गरिन्, उनको लागि एउटा प्रेम-कविता छोडेर, अहिले अभिलेखको अंश छ।
यस्तो छः रश्मीले आफ्ना पतिलाई लेखेको कविता