भित्री मनको अभिव्यक्तिलाई कुनै पनि भौतिक वस्तुमा व्यक्त गर्नुलाई कला भनिन्छ । कला मानवको उत्पत्ति सँगसँगै विकसित भएको पाइन्छ । जब मानवले सभ्यताको विकसित क्रममा पाइला टेक्यो त्यस अवस्थादेखि नै कलाको विकास गर्दै आएको देखिन्छ । कृषि युगको थालनी सँगसँगै मानवले स्थायी बसोबासको प्रकृया अपनायो, त्यतिखेर देखि नै उसले आफ्नो भावनालाई कलात्मक बनाउने प्रयास गर्यो । यसरी नै आफ्नो क्षमता प्रदर्शन गर्न मन्दिर तथा मूर्तिहरूको कलात्मक रूपले विकास गर्यो ।
मानवले प्राग्ऐतिहासिक कालदेखि नै प्रतिमा निर्माण गर्ने कार्यकोथालनी गर्यो भन्ने कुराको प्रमाण हामीले भारतमा मुर्तिपूजाको उत्पत्तिको खोजी गर्दा सिन्धुघाटीको सभ्यतासम्म पुग्न सकिन्छ । यहाँको उत्खन्बाट सिन्धुवासीहरू पनि देवी देवताको प्रतिमा बनाई पूजा उपासना गर्थे भन्ने कुराको पुष्टि हुन्छ । सिन्धुघाँटीवासीहरूले प्रायः शिवको पूजा उपासना गर्थे भन्ने कुरा त्यहाँ पाइएको देवताको सिङ्ग, मुख डरलाग्दो वरिपरि हात्ती, बाघ, बराहा, र गैँडा बसेको देखाइएको छ । सिन्धुघाँटी सभ्यतामा शिवकोमूर्ति पूजा मात्र नभई लिङ्गपूजाको समेत सुरुआत भइसकेको रहेछ भन्ने कुरा त्यहाँ पाइएको स्त्रीको मानवीय रूप एवम् लिङ्गरूपबाट थाहा पाउन सकिन्छ ।
मूर्तिपूजाको समय यकिन गर्न नसकिए तापनि प्राकृतिक शक्तिबाट भयभीत प्राग्ऐतिहासिक मानवले भक्तिभावले भयबाट मुक्ति पाउन पूजा उपासना गर्ने गरेको पाइन्छ । सिन्धुघाँटीको सभ्यताको विकाससम्म आइपुग्दा मानवले मूर्तिपूजाको एक खुड्किला पार गरिसकेको देखिन्छ । त्यसपछि विस्तारै मानवले सिन्धुसभ्यतापछि विभिन्न देवी देवताको कल्पना गरी प्रतिमा विकसित भएको पाइन्छ ।
मानव जहिले पनि सरलबाट जटिल तर्फ बढ्दै जान्छ भने झैँ मानवले पहिले मूर्तिका आकृति मात्र निर्माण गर्थे विस्तारै विस्तारै मानवले मूर्तिमा पनि मानवमा जस्तै हातखुट्टा बस्त्रको सही प्रयोग, गरगहनासाथैदेवीदेवताभएकालेआयुहरूकोनिर्माणगर्नथालेपनित्यसमाएकदेववादबाटबहुदेववादकोपरम्पराकोसुरुआतभयो।त्यस्तैतान्त्रिकप्रयोगआदि।एकैभगवान्लाईपनिउनकोमूर्तिपूजामामात्रसीमितनराखीउनकोस्वरूपकोरूपमापनिपूजाउपासनागर्नेपरम्पराकोसुरुआतहुदैगयो।
जस्तै, भगवान्शिवकोमूर्तिपूजामात्रनभईस्वरूपपूजाकोरूपमालिङ्गपूजागर्नेपरम्परागरिन्छ।नेपालकोपरिवेशमाहेर्दापनिशिवकोमूर्तिपूजालेभन्दालिङ्गपूजालेबढीप्राथमिकतापाएकोहामीपाउँदछौं।यसबमविरविकटेश्वरशिवालयमाशिवकोमूर्तिनभईलिङ्गपूजागर्नेपरम्पराचलिआएकोछ।यसैशिलाबाटबनेकातीनवटासादाशिवलिङ्गस्थापनागरिएकाछन्।यसमन्दिरमामुख्यदेवताकोरूपमायहीशिवलिङ्गरहेकाछन्।
चारैतिर दुईपाखा झिँगटी छाना भएको चौघेरा सतलको बीचमा तीनवटा तलबाट माथि सानो हुदै गएको पेटीमाथि अवस्थित चौविसवटा खम्बाहरूले वनेको एउटै लाम्चो गर्भगृहमा रहेको शिवलिङ्गको यो मन्दिर टेराकोटाको शिखर छ । खम्बाहरू र गर्भगृहको वाहिरी गारोको बीचको भाग खुल्ला प्रदक्षिणापथकोरूपमा रहेको छ । गर्भगृहजस्तो आठवटा ढोकामध्ये पूर्व पश्चिममा एक–एकवटा र उत्तर दक्षिणमा तीनतीनवटा छ ढोकाको बनोट मल्लकालीन कलाबाट प्रभावित देखिन्छ । शिखर उठाइएको स्थानमा झिँगटीको छाना छ । माझको शिखर दुई छेउको शिखरभन्दा अग्लो छ ।
यसको चारैतर्फ स–साना देवलहरू भएकोले अन्य दुईभन्दा बढी कलात्मक देखिन्छ । तीनैवटा शिखरको वरिपरि अष्टदिकपालका मूर्तिहरू पाइन्छन् । शिखरको तलतिर फुकेकोर माथि साँघुरिदै गई सबैभन्दा माथि घण्टाकारमा सुन लगाएको कलशकोगजुर भएकाले मन्दिरको सुन्दरता र भव्यता झन्बढेको छ । खम्बामाथिको कोर्नेसको चारैतिर स–साना झ्याल, कुशलरटुँडालहरूराखीछानाराखिएकोछ।
यो शिवालय तल्लो र शिखर शैलीको समिश्रणबाट बनेको भिन्न आकारको मन्दिर हो । मन्दिरको प्राङ्गणको चारैदिशामा गुम्बज आकारका साना साना चिटिक्क परेका देवमूर्तिहरू गणेश, दुर्गा, छत्रचण्डेश्वर, शिवलिङ्ग सूर्य विष्णु स्थापना गरिएका छन् । मन्दिरकै प्राङ्गणमै शिवको बहान बसाहाको विशाल मूर्ति मन्दिरको द्वारको ठीक अगाडि स्थापना गरिएको र सानो शिवको थुप्रै शिवका सानासाना मन्दिर प्राङ्गणमा छन् त्यहाँ सानो वसाहाको मूर्ति स्थापना गरिएको छ ।