

काठमाडौं । करिब एक सातासम्म खुल्न नसकेको काठमाडौँ उपत्यकाको मौसम आजदेखि भन्ने सफा देखिएको छ। देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले नखुलेको मौसम बुधबार र बिहीबारको वर्षापछि सफा देखिएको हो।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।
साथै, उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।