काठमाडौं खबर मंसिर २७, २०८१
काठमाडौं । पछिल्ला केही दिनमा निरन्तर घट्दै गएको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्रीको विन्दुमा झरेको छ । बिहीबार मौसम विज्ञान विभागले जारी गरेको सूचनाअनुसार तापक्रम हिजोको तुलनामा आज पनि घटेको हो ।
आज बिहान पौने छ बजेतिर काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । बिहान ८ बजे भने चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने अनुमान छ ।
विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । साथै तराईं तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।