काठमाडौं खबर मंसिर २३, २०८१
काठमाडौं । काठमाडौंमा जारी नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । जसअन्तर्गत आजको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ भने लुम्बिनी जितको खाता खोल्न चाहन्छ ।
सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।