काठमाडौं खबर असार २४, २०८१
काठमाडौं । अविरल वर्षाका कारण शनिबार काठमाडौँको टेकु दोभान डुबानमा प¥यो । वाग्मती र विष्णुमति नदीमा आएको बाढीका कारण टेकु दोभान आसपासका बस्तीहरु डुबानमा परेको हो ।
त्यसो त यो समस्या हरेक वर्षको बर्खायाममा देख्ने गरिन्छ । शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदी र खोलामा बाढी आएको छ । बाढीका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।
५० वर्षअघि फ्रिचबर्गरले खिचेको तस्वीरले बाढी युक्त टेकु दोभान आसपासको अवस्थितिलाई देखाएको छ । विशाल नदीलाई सानो क्षेत्रमा समेटिएपछि देखिएको समस्यालाई त्यतिबेला र यतिबेलाको तस्वीरले खोला बस्तीमा पसेको नभई बस्ती खोलामा पसेको हो भन्ने स्पष्ट सन्देश दिएको छ ।