काठमाडौं खबर टिम/ काठमाडौं क्षेत्र नं ४ पछिल्लो दशकमा संघीय राजनीतिका हिसाबले सबैभन्दा चासोको केन्द्र बनेको क्षेत्र हो । यहाँको मतपरिणामले राष्ट्रिय शक्ति–सन्तुलन, युवा नेतृत्वको स्वीकार्यता र शहरी मतदाताको मनोविज्ञानसमेत संकेत गर्ने गरेको छ । यही क्षेत्रमा नेपाली कांग्रेसले युवा अनुहारका रूपमा अघि सारेका सचिन तिमेल्सिना अहिले प्रतिस्पर्धीहरूमध्ये बलिया देखिएकाछन् ।
गगन प्रभावको निरन्तरता र संगठनात्मक जडान
यो क्षेत्र लामो समयदेखि गगन थापा को प्रभाव क्षेत्रमा पर्छ ।२०७०, २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा उनले यहाँबाट प्रभावशाली जित निकालेका थिए । २०७० को चुनावमा कांग्रेसले एमालेसहित शक्तिशाली माओवादी नेतालाई सहजै पराजित गरेको थियो । त्यस्तै २०७४ मा कांग्रेसले वाम गठबन्धनको कडा चुनौतीबीच पनि प्रतिस्पर्धात्मक मत ल्याएको थियो।
२०७९ मा गगन थापाले उल्लेखनीय मतान्तरले जित्दै काठमाडौं–४ लाई कांग्रेसको “सुरक्षित” क्षेत्रको रूपमा स्थापित गरे । यस क्षेत्रको संगठन वडा–स्तरदेखि टोल–सम्पर्क समितिसम्म सक्रिय छ । गगन थापाको राजनीतिक विरासत र संगठनात्मक संरचना अहिले सचिन तिमेल्सिनाका लागि ठोस आधार बनेको छ ।
अघिल्ला चुनावी नतिजाको विश्लेषण
प्रतिनिधिसभा निर्वाचन २०७९ (काठमाडौं–४)
कांग्रेस (गगन थापा) — करिब २१ हजारभन्दा बढी मत
एमाले — करिब १३–१४ हजार
अन्य दल/स्वतन्त्र — बाँकी मत
यस नतिजाले शहरी मध्यमवर्ग, शिक्षित युवा र सेवा–क्षेत्रसँग जोडिएका मतदाता कांग्रेसतर्फ आकर्षित छन् । युवा र केहि गर्न सक्ने ठूला दलका उम्मेदवारलाई यहाँका मतदाताले सँधै साथ दिएका छन् ।
सचिनलाई युवा, शिक्षित र ‘क्लिन इमेज’को फाइदा
सचिन तिमेल्सिना तुलनात्मक रूपमा युवा र संगठनबाटै हुर्किएको अनुहार हुन् । उनी पार्टीको आन्तरिक संरचनामा सक्रिय रहेका छन् । युथ कांग्रेसको लिड गरिसकेका सचिनले स्थानीय मुद्दा (बस्नयोग्य सहर, खुल्ला ठाउँ, हरियो बस्ती, फराकिला र फुटपाथसहितको सडक, खानेपानी, कर, ट्राफिक, शहरी अव्यवस्था) मा स्पष्ट धारणाका साथ पैरवी गर्दै आएका विवादरहित छवि बोक्छन् । काठमाडौं–४ जस्तो शहरी क्षेत्रमा “क्लिन र क्रेडिबल” छवि मतदाताका लागि ठूलो कारक बन्न सक्छ ।
एमालेका उम्मेदवारमा पराजित मानसकिता र ओलीगुटका नेता
यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को परम्परागत मत आधार भए पनि एमाले राष्ट्रियरूपमा नै रक्षात्मकभएको बेला यस क्षेत्रमा बलियो देखिदैन । यसका बिबिध कारणमध्ये एमाले उम्मेदवार राजन भट्टराई एमाले अध्यक्षको किचेन क्याबिनेटका हुनु आफैमा मतदाताले भोट हाल्न हिच्किचाउने विषय बनेको छ ।
पार्टीको आन्तरिक जीवनमा एमाले उम्मेदवार नै क्षेत्र नं ४ मा एमालेभित्रको नेतृत्वलाई लिएर विवादित बनिरहनुले उनलाई यहाँकै नेताहरूले घात गर्ने सक्ने बताइन्छ । गगन थापा उठे उद्धव खरेललाई उम्मेदवार बनाउने र नउठेमात्र आफू उठ्ने भनेर चुनावको मुखमा खरेललाई बलीको बोको बनाएको आरोपदेखि अघिल्लो स्थानीय चुनावको टिकट बाँडफाँडमा पनि राजन भट्टराईको भूमिका माथि एमाले क्षेत्र नं ४ मा व्यापक आलोचना भएको थियो । त्यसैगरी गत मंसिरमा भएको महाधिवेशनको प्रतिनिधि छनोटमा पनि उनी विवादित भएका थिए ।
यसबाहेक एमाले उम्मेदवार जनतासँग भिज्न नसक्नुसँग उमेर तथा जोसका हिसाबले पनि एमाले उम्मेदवार भट्टराई भुत्ते भए भनेर आलोचना हुने गरेको छ । यस पृष्ठभूमिमा कांग्रेसमात्र नभै रास्वपा लगायतका दलले एमाले मतलाई व्यापकरूपमा प्रभावित पार्ने देखिन्छ । जसका कारण एमालेले नयाँ मत हैन पुरानै मत पनि सुरक्षा गर्न कठिन देखिन्छ ।
रास्वपाका उम्मेदवारमा हरूवा मानसिकता तथा क्षेत्र परिवर्तन गर्दै हिँड्ने व्यक्तित्व
काठमाडौ ४ मा रास्वपाबाट उम्मेदवार भएका पुकार वम यसअघि दुई पटक भिन्न भिन्न क्षेत्रबाट चुनाव हारिसकेका व्यक्ति हुन् । २०२७४ मा क्षेत्र नं ८ बाट विवेकशील साझा पार्टीबाट चुनाव लडेका वम २०७९ को चुनावमा क्षेत्र नं १ बाट रास्वपाबाट चुनावमा उत्रिएका थिए । दुवै चुनावमा उनी निकटतम प्रतिद्वन्द्विसमेत बन्न सकेका थिएनन् ।
गगन थापा क्षेत्र नं ४ बाट जाने पक्का भएपछि एकाएक क्षेत्र नं ४ मा आएका रास्वपा उम्मेदवारसँग हार्दै क्षेत्र छाड्दै हिँड्ने लेबलले गारो पारेको छ । राष्ट्रियरूपमा बालेनको क्रेजबाहेक यस क्षेत्रमा रास्वपाले मत पाउने आधार कमजोर हुँदै जाँदा यसको फाइदा कांग्रेसका युवा उम्मेदवारले पाउने निश्चित देखिन्छ ।
सचिनको स्थानीय एजेण्डा
कांग्रेस उम्मेदवार सचिन तिमिल्सिनाले चुनाव जित्ने आधार यस क्षेत्रको स्थानीय मुद्धामा उनी जानकार छन् । गगन थापाको टिममा बसेर काम गरेको लामो अनुभवले स्थानीय समस्यामा उनले बाँकी उम्मेदवार भन्दा धेरै सम्बाोधन गर्न सकेका छन् । अव्यवस्थित बनेको बुढानिलकण्ठका वडाहरूका समस्यामा उनले एउटा मार्गचित्र कोरेका छन् भने, चाबहिलदेखि दरबारमार्गसम्म समेटिने कामपाका वडाहरूका लागि पनि सचिनले गगनपथमा आफ्ना योजनाहरू अघि सारेका छन् ।
स्थानीय विकास र स्थानीय एजेन्डामा अरू उम्मेदवारहरू निकै नै पछाडि छन् । अरू उम्मेदवारले स्थानीय मुद्धा उठाएका सम्म देखिदैन भने सचिन तिमेल्सिनाले आफ्नो दृष्टिकोणमा स्थानीय सरोकारलाई विशेष सोच दिएका छन् ।
अन्त्यमा, काठमाडौं क्षेत्र नं ४ मा चुनाव केवल दलको हैन, नेतृत्व र विश्वसनीयताको प्रतिस्पर्धा हो । अघिल्ला प्रतिनिधिसभा परिणाम, समानुपातिक मतको ट्रेन्ड, गगन प्रभाव, संगठनात्मक बल र युवा छविको संयोजनले हेर्दा कांग्रेसका सचिन तिमेल्सिना प्रतिस्पर्धीहरूमध्ये बलिया देखिन्छन् । तर अन्तिम निर्णय मतदाताकै हातमा हुन्छ र काठमाडौं–४ का मतदाता विगतले देखाएझैं सोचेर मतदान गर्ने वर्ग मानिन्छन्।

