नेपाली कांग्रेसले आसन्न निर्वाचन केन्द्रित केन्द्रिय प्रचार समिति बनाएको छ । केन्द्रीय प्रवक्ता देवराज चालिसे संयोजक रहेको केन्द्रिय प्रचार प्रसार समितिको सदस्यमा विसुकुमार केसी, सुदर्शन आचार्य र केशव पाठक मनोनित भएका छन् । काठमाडौ क्षेत्र नं ४ मा बसोबास गर्ने केसी, आचार्य तथा पाठक लामो समयदेखि लेखनमा सक्रिय नाम हो ।
बुढानीलकण्ठ ११ निवासी विसुकुमार केसी पूर्व प्रशासकका साथै नेपाली लेखक संघका केन्द्रिय कोषाध्यक्ष हुन् । बुढानीलकण्ठ २ निवासी सुदर्शन आचार्य प्रेश काउन्सिलका पूर्व सदस्य हुन् भने हाल फ्रिलाइन्स लेखन तथा टेलिभिजन विश्लेषकका रूपमा परिचित छन् । हाल बुढानीलकण्ठ १ निबासी केशव पाठक लेखन तथा पत्रकारिताका चिरपरिचित नाम हो । उनी काठमाडौं खबरका संस्थापक सम्पादक समेत हुन् ।

