काठमाडौँ । रामेछापको तामाकोशी नदीमा मंगलबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार दुर्घटनामा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकका शव मन्थली अस्पताल पुर्याइएको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

