

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को सहयोगमा दुई दिने प्राथमिक उपचारसम्बन्धी तालिम आयोजना गरिएको छ । योगदान राष्ट्रका लागि नामक संस्थाको आयोजनामा भएको सो कार्यक्रममा प्राथमिक उपचार को विषयमा आधारभूत जानकारी प्रदान गरिएको छ । आइतबारबाट सुरु भएको तालिम सोमबार सम्पन्न हुने आयोजक संस्थाले जनाएको छ।
कार्यक्रमको उद्घाटन कामपा वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले गरेका थिए। ओम समाज डेन्टल हस्पिटलको हलमा उद्घाटन गरिएको सो कार्यक्रमपछि तालिम भन्ने जुम पार्टी प्यालेसमा आयोजना गरिएको छ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष वडाले प्राथमिक उपचारको अभावले कोही पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले यस्ता कार्यक्रम सबैतिर गर्न सके सानोतिनो चोटपटक लाग्दा प्राथमिक उपचारको अभावमा कोही कसैले पनि ज्यान गुमाउनु नपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्य रुपा थापा क्षेत्री, योगदान राष्ट्रका लागि नामक संस्थाका तर्फबाट। लगायतको सहभागिता रहेको थियो ।