

काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी टी-२० महिला विश्वकप छनोटका लागि आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । एसियाली क्षेत्रको छनोटको सुपर-३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो। यो खेल सोमबार अहिले बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।