

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सचिव इन्द्र बहादुर थापाले बुढानीलकण्ठको जय भद्रकाली आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सहयोग गरेका छन् । शुक्रबार दिउँसो थापाको नेतृत्वमा गएको टोलीले विद्यालयका करिब २०० जना विद्यार्थीलाई १३ सय थान कापी सहयोग गरिएको थापाले जानकारी दिए ।
स्टेसनरी सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वाशुदेव थापा, नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिका सचिव बिजेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं १ का इकाई सभापति झलकध्वज ठकुरी, कपन अनलाइनका सम्पादक पुण्यप्रसाद पुडासैनीलगायतको उपस्थिति थियो ।
विभिन्न शैक्षिक क्रियाकलापमा सहभागी हुन रुचाउने शिक्षाप्रेमी थापा यसअघि गणेश माध्यमिक विद्यालयमा दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बनेका थिए । उनको कार्यकालमा सो विद्यालयमा पनि उल्लेखनीय काम भएको अभिभावकहरू बताउँछन् ।