

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कम्प्लेक्समा आगलागी भएको छ । आरआर कम्प्लेक्समा बिहीबार बिहान लागेको आगो विभिन्न स्थानबाट गएका दमकलको प्रयासले नियन्त्रणमा लिइएको छ ।
आगो नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौं महानगरपालिकाबाट गरी ६ वटा दमकल परिचालन गरिएको थियो। साथै, स्थानीयबासीले उपलब्ध गराएका १५ वटा पानी ट्यांकरको पनि प्रयोग गरिएको थियो।
आज बिहान करिब ५ः३० देखि आगो लाग्न सुरु भएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।