

काठमाडौं । नेपाली काँग्रेसकी सांसद माया राईविरुद्ध प्रहरीले सहकारी ठगीको मुद्दा दायर गरेको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध मंगलबार प्रहरीले मुद्दा दायर गरेको हो ।
उनलाई प्रहरीले वैशाख १३ गते काठमाडौँको कपनबाट पक्राउ गरेको थियो । राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको हो। राईसहित २१ जनालाई प्रतिवादी बनाइएको छ।
राईसँग दुई करोड ४० लाख रुपैयाँ बिगो माग गरिएको छ ।राईविरुद्ध मंगलबार मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
राई ०७३ कात्तिक ६ गतेदेखि ०७४ मंसिर ४ गतेसम्म स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको कार्यसमिति सदस्य हुँदा ८९ लाख ३४ हजार ३ सय ५५ रुपैयाँ र मिति ०७४ मंसिर ८ गतेदेखि ०७६ भदौ २१ गतेसम्म उक्त सहकारीको सचिव हुँदा १ करोड ४२ लाख १० हजार ४ सय ३३ रुपैयाँ ८० पैसा गरी २ करोड ४० लाख ४४ हजार ७ सय ९० रुफैयाँ बिगो बराबरको रकम ठगी गरेको देखिएको छ।
भोजपुरकी राई नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद हुन्
।