

काठमाडौ । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि चर्चामा आएको भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्।
बिहिबार कलेजको छात्रावासमा बस्ने वीरगञ्जकी प्रीसा शाह मृत भेटिएकी हुन् । घर फर्किनका लागि अघिल्लो दिन परिवारलाई फोन सम्पर्क गरेर टिकटको व्यवस्था मिलाइदिनु भन्ने कि शाहको बिहिबार मृत्यु भएको हो।
उनी छात्रावासको कोठामै मृत भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्।