

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबारसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। आइतबारदेखि सुरु भएको मौसमी वर्षाको प्रभाव मङ्गलबारसम्म कायम रहने विभागले जनाएको हो। यसका साथै बङ्गालको खाडीबाट भित्रिएको जलबास उपयुक्त हावाको समेत प्रभाव देखिएको छ।
मौसमविद गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ। साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ।
विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदलिरहनेछ। कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ उपत्यकामा पनि मङ्गलबारसम्म नै यसको आंशिक प्रभाव देखिने विभागले जनाएको छ।