

काठमाडाैँ । लागूऔषध मुद्दामा दोषी ठहर भएका दावा लामालाई प्लानिङ व्वाइज युनाइटेडको अध्यक्षबाट बर्खास्त गर्न माग गरिएको छ । सो मुद्दामा काठमाडौ जिल्ला अदालतले ६ महिना कैद र तत्कालीन पुनरावेदन अदालत तथा हालको उच्च अदालतले ५ वर्ष र ५ हजार जरिवाना गरेको व्यक्ति क्लबको विधानविपरीत बि श्रेणीमा रहेको सो क्लबमा अध्यक्ष भई काम गरेकोले उनको बर्खास्तीको माग गरिएको हो ।
कुनै पनि उजुरीकर्ताको नामविना नै दिईएको उजुरीमा संस्थाको विधान समेत संलग्न गरिएको छ । निवेदन जिप्रकाले दर्ता गरिसकेको छ ।
क्लबको विधानको धारा ७ को (ङ) मा नैतिक पतन हुने कुनै पनि फौजदारी अभियोगमा अदालतबाट दोषी ठहराई सजाए नपाएको व्यक्ति मात्र सदस्यता प्राप्तिका लागि योग्य ठहरिने व्यवस्था गरिएको छ ।
यस्ता संस्था दर्ता गर्न समेत तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको चालचलनसम्बन्धी प्रहरी प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था रहेकोमा लामाले झुटा विवरण पेश गरि संस्था दर्ता गरेको उजुरी पत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ उजुरी पत्र र विधानको व्यवस्था