

काठमाडौँ । पाकिस्तानको प्रसिद्ध गजलकार गुलाम अलीले ललितपुरको पुलचोकमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्। आज हुन लागेको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि बिहिबार काठमाडौँ झरेका अलिले आज आफ्नो सांगीतिक प्रस्तुति दिन लागेका हुन्।
यो प्रस्तुतिमा उनीसँगै उनका छोरा आमिर अलि र नातिनाजी र अलिले पनि सँगै प्रस्तुति दिनेछन् । साधना कला केन्द्रले आयोजना गरेको कार्यक्रमका लागि गायक अली ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै काठमाडौंँ आइपुगेका थिए ।
अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल गाउने कार्यक्रम छ । पहिलो पटक नेपालमा प्रस्तुति दिन लागेका अली नेपाल प्रस्तुतिका लागि उत्साहित रहेको आयोजक संस्था साधना कला केन्द्रका मिलन मोक्तानले बताए ।