

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको पद जोगिएको छ । ललितपुर ३ बाट निर्वाचित कार्कीको पद खारेज गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो । सोविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको आदेशमार्फत् पद जोगिएको हो ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो ।
मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।