

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच बुँदे सुझाव दिएका छन् । मंगलबारको प्रतिनिधिसभामा विशेष समय लिएर सांसद थापाले समसामयिक विषयमा पाँच बुँदे सुझाव दिएका हुन् ।
यस्ता छन् थापाले दिएको सुझावहरू
– सरकारमाथि उठेका प्रश्नबारे नागरिक समाज र जनतासँग संवाद गरी नतिजा केन्द्रित हुनपर्छ।
– सरकारले कानुन बनाउँदा सार्वजनिक हितका लागि हुनुपर्छ र एउटै व्यक्ति वा समूहले लाभ लिन हुँदैन भन्नेमा सचेत हुनुपर्छ।
– मन्त्रीहरूले नचाहिने ठाउँमा हात हाल्न हुँदैन। नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउके कपाल बाँधेर दुखाए जस्तो अनावश्यक विषयमा सरकारले अनावश्यक काम गर्नुहुँदैन।
– हरेक कुरामा आफ्नो काम र निर्णयबाट संसद्सँगै जनताको विश्वास जित्ने वातावरण बनाउनुपर्छ।
– सरकारी प्रकरण, जग्गा प्रकरण, मानव बेचविखन प्रकरण, विश्वविद्यालय तोडफोड प्रकरणमा निर्मम भएर काम गर्नुपर्छ।