

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकाले तोकेको जरिवाना रकम बुझाएको छ । सोमबार पार्टीका प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगर प्रहरी समक्ष जरिवाना रकम तोकेको हो ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।
यस्तै प्रकृतिको कारबाही गत मंसिरमा सत्तारुढ दल नेकपा एमालेलाई पनि गरिएको थियो । तर एमालेले भने जरिवाना तिर्न अस्वीकार गर्दै आएको छ । कार्यक्रमको फोहोर आफैंले उठाएको भन्दै एमालेले एक लाख रुपैयाँ जरिवाना तिर्न अस्वीकार गर्दै आएको हो।