

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालको लागि ३० जना कर्मचारी माग गरेको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै नगर अस्पतालका लागि भन्दै ती विभिन्न पदका ३० जना कर्मचारीको माग गरेको हो।
इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ । सूचनाअनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नेसियन, रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदमा दरखास्त आह्वान भएको छ । दरखास्तपछि सफल हुने उम्मेदवारलाई करारमा नियुक्ति गरिने सूचनामा उल्लेख छ ।
यस्तो छ नगरपालिकाले जारी गरेको सूचना