

काठमाडौँ । नेपालबाट हिउँदे वर्षा र हिमपात पार्ने प्रणाली बाहिरिएको छ । शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा भएको वर्षा र हिमपातसँगै सोप प्रणाली नेपालबाट बाहिरिएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार अब देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
आइतबार बिहान देशका पहाडी भूभागको मौसम आंशिक मात्रै बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।