

काठमाडौंं । भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि भन्दै आज विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत कटौती गर्न लागेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै महाराजगंज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने क्षेत्रमा बिजुली कटौती गर्न लागेको जनाएको हो।
लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ।
तोकिएको काम समयअगावै पूरा भए निर्धारित अवधिअघि नै बिजुली प्रदान गरिने प्राधिकरणले उल्लेख गरेको छ । यस्तै, प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।