

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो २ बजेपछि काठमाडौँका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना देखिएको हो।
मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौंमा आज २/३ बजेपछि हल्का वर्षा भएपनि राति भन्दै पानी पर्ने सम्भावना छैन।
भोलि पनि काठमाडौंमा बदली र वर्षाको सम्भावना छ । आजजस्तो हल्का वर्षा नभए पनि भोलि काठमाडौंको छिटपुट वर्षाको सम्भावना रहेको हो ।