

काठमाडौं । प्रहरीले पशुपति क्षेत्रमा गाँजा खाएर हो-हल्ला गर्ने ७५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार उनीहरूले भाङ र गाँजा खाएर उच्छृङ्खल गतिविधि गरेको आरोप छ ।
अहिले पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र त्यसमा नअटेकालाई परिसर टेकुमा राखिएको छ । उनीहरूमध्ये मुद्दा चलाउने प्रकृतिका घटनाहरू भने धेरै नभएको प्रहरीले जनाएको छ ।
पशुपतिको सुरक्षाका लागि तीन सिफ्टमा गरेर ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।