

काठमाडौं । अमेरिकी सहयोग संस्था युएसएडले दिँदै आएको सहयोग बन्द गर्ने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिप्रति काठमाडौँ महानगरपालिकाका बालेन शाहले जवाफ फर्काएका छन् समसामयिक विषयमा चोटिलो जवाफ प्रहार गर्ने गरेका बालेनले ट्रम्पलाई सामाजिक सञ्जाल मार्फत जवाफ फर्काएका हुन्।
बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका छन् । बालेनले ट्रम्पलाई ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएको’ भन्दै धन्यवाद दिएका हुन् । उनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए।
शाहले लेखेका छन्, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो भएको आभास गराइदिनु भएकोमा धन्यवाद। हाम्रा मान्छेले देश छाडी रहेका कारण नै हामी गरिब भएका हौँ,’ उनले अगाडि लेखेका छन् ‘तपाईंहरू गरिब हो किनकि तपाईंका अल्छी नागरिकले आफ्नो देश बनाउन सकेनन्। यस कारण तपाईंहरूलाई यसका लागि संसारका मानिसको आवश्यकता परेको हो।’