

काठमाडौं । काठमाडौँको जमलमा बसको ठक्करमा परी एक साइकल यात्रीको मृत्यु भएको छ। जमलमा अवस्थित विश्वज्योति सिनेमा हल अगाडि तीव्र गतिमा आएको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका ५६ वर्षीय अम्बरबहादुर बोगटीको ज्यान गएको प्रहरीले जनाएको छ। साइकलमा सवार बोगटीलाई बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो ।
प्रहरीले बसका चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।