

काठमाडौं । गैरकानुनी गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट चार जना भारतीयलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको बुढानीलकण्ठबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बुढानीलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन् ।