

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पार्टीको १५औँ महाधवेशनमा सक्षम र पार्टीलाई बलियो बनाउन सक्ने उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् । १४ औँ महाधवेशनमा संस्थापन पक्षमा रहेका नेताहरुसँगको शुक्रबारको भेटमा देउबाले यस्तो जवाफ दिएका हुन । बैठक शुक्रबार बिहान ९ बजेदेखि १२ बजेसम्म भएको थियो ।
११ जना नेताहरू सहभागी सो बैठकमा नेताहरूले आफूहरू पुरानो रहेको र लामो समयदेखि सभापतिलाई सहयोग गर्दै आएकोले १५ महाधिवेशनमा आफूहरूलाई समर्थन गर्नुपर्ने माग गरेका थिए । जवाफमा देउवाले कांग्रेसको विरासत जोगाउन सक्ने सक्षम व्यक्तिलाई सहयोग गर्ने जवाफ दिए पनि त्यो सक्षम व्यक्ति को हो भन्ने खुलाउन चाहेनन् ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँद र उमाकान्त चौधरी सहभागी थिए ।