

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा पुन: बाबुराम भट्टराई निर्वाचित भएका छन् । अन्य विभिन्न पदहरूमा सर्वसम्मत नेतृत्व चयन भए पनि अध्यक्ष पदमा भने बाबुरामलाई आफ्नै चेला नेत्रप्रसाद चापागाईंले चुनौती दिएका थिए ।
गत माघ २९ गते भएको निर्वाचनबाट अध्यक्षमा भट्टराईले कुल ७५१ मत पाएका छन् । प्रवासबाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईँबीच ६११ मतान्तर रहेको थियो । चापागाईंले भने केवल ७१ मत मात्रै प्राप्त गरे ।
निर्वाचनको अन्तिम परिणाम नआएको भए पनि गन्न बाँकी मतभन्दा मतान्तर धेरै रहेकोले भट्टराई निर्वाचित हुने निश्चित रहेको बताइएको छ । अन्तिम मतपरिणाम भने साँझ पाँच बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए ।