

काठमाडौं । पिकनिक गएर फर्किँदै गएको स्कुल बस शंकरापुरमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको र ४० घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ भने घाइतेमध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ घर भई हाल कपन बस्ने वर्ष ११ को क्रिसल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई हाल चाबहिल बस्ने वर्ष २४ को सुरेश तामाङ र सिन्धुपाल्चोक घर भई हाल भिमसेनगोला बस्ने वर्ष १४ को शुशाङ्का डोटेल रहेका छन्।