

काठमाडौं। करिब १० वर्षअघि अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट उठाएका अरविन्द केजरीवालले भ्रष्टाचारीहरूको सफाइ गर्ने भन्दै झाडू चुनाव चिन्ह लिएर निर्वाचनमा उत्रिए । आफ्ना सबै राजनीतिक कार्यक्रममा मफ्लर स्विटर र सिरमा एउटा भिन्न पहिचानको टोपी लगाएर उत्रिने गरेका केजरीवालले आफूलाई निम्न र मध्यमवर्गीय परिवारको व्यक्ति रहेको बताउँदै आए। उनले आफूभित्र विलासिता र मोजमस्तीको शोख नरहेको भन्दै आफ्नो सामान्य जीवनयापनको परिचय दिए।
तर जब उनी मुख्यमन्त्रीको रूपमा सरकारी निवास प्रवेश गरे तब उनको शोख बदलिन थाल्यो। पहिले आफूलाई कमनमेन बताउने केजरीवालले आफ्नो सरकारी निवास लाई सिसमहल बनाउन थाले। सरकारी आवास आलिसान बनाउनका लागि ४५ करोड रुपैयाँ खर्च गरेको अनुसन्धानबाट भेटियो।
त्यतिमात्रै नभएर आफ्नो निवासमा उनले करिब २ करोडको मार्बल ग्रेनाइट ३५ लाखको लाइटिङ र सोही बराबरको जिम स्पा बनाउन समेत भ्याए । यसरी भ्रष्टाचार विरोधी र इमान्दार छविको देखाएर पपुलिसट बनेका केजरीवालको छवि मुख्यमन्त्री बनेपछि भन्ने बदलिन थाल्यो।
उनको हालको अझ अर्को रोचक पक्ष त उनी सबै पक्षका लागि दिगो भन्दा पनि पपुलिस्ट योजनाहरू अघि सार्न थाले। युवाहरूलाई आफ्नो हातमा लिनका लागि एक बोतल सराब किन्दा अर्को बोतल निःशुल्क दिने योजना अघि सारे भन्ने महिलाहरूको भोट पाउनका लागि सबै सार्वजनिक सवारीमा महिलालाई निःशुल्क यात्रा गर्ने व्यवस्था गराए। यसरी दिगो योजनाभन्दा पनि आम जनताको तत्कालीन फाइदाका लागि निर्णय गर्दै आएका उनले आफ्नो महत्वपूर्ण योजनालाई भन्ने कहिल्यै प्राथमिकतामा राखेनन् ।
पहिलो कार्यकालको सुरुवाततिर बीजेपी र कांग्रेसले यमुना फोहोर बनाएको भन्दै आफूले सफा गर्ने योजना अघि सारेका उनले १० वर्षको कार्यकालमा यमुना सफाईका लागि केही पनि कार्यक्रम अघि सारेनन् । बरु यही बीचमा मदिरा नीति तय गर्ने बेलामा गरिएको भ्रष्टाचारको केसमा उनी लामो समयसम्म कारागारमा बस्नुपर्यो। अन्ततः उनको चुनावी हारको मुख्य कारण नै यही मदिरा काण्ड बन्न पुग्यो।
यसरी भ्रष्टाचार विरोधी अभियान लिएर आएको १० वर्षमा उनले दीर्घकालीन सुधारभन्दा पनि बढी तत्कालीन र पपुलिस्ट योजनामा ध्यान दिए। मुख्यमन्त्री भन्ने बित्तिकै भ्रष्टाचारीको लिस्ट भन्दै विभिन्न शीर्ष नेताहरूको नामावली प्रकाशन गरेका अरविन्द केजरीवाल अन्ततः आफै भ्रष्टाचारको मुद्दामा फसेर व्यक्तिगत रुपमा समेत चुनावमा पराजित हुन पुगे ।
यसले नेपालमा पनि पपुलिस्ट योजना व्यक्तिगत स्वार्थ र तत्कालीन फाइदाको लागि प्रभावकारी भएपनि दीर्घकालीन फाइदाका लागि भन्ने यसले फाइदाभन्दा नोक्सानी धेरै गर्छ भन्ने सन्देश दिएको छ।