

काठमाडौँ । बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको थियो। सामान्यतया प्रमुख प्रतिपक्षी दलले सम्बोधन गर्ने बैठकमा प्रधानमन्त्रीलगायत मन्त्रीहरू उपस्थित हुनुपर्ने संसदीय व्यवस्था रहेको छ। तर केही मन्त्रीहरू उपस्थित भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भन्ने त्यहाँ उपस्थित थिएनन्। त्यसैले पनि प्रतिपक्षी दलका नेता प्रचण्डले पटकपटक प्रधानमन्त्री कता हुनुहुन्छ भन्दै सम्बोधन गरेका थिए।
प्रधानमन्त्री अनुपस्थित भएको प्रसङ्ग बाहिर आएपछि नेकपा एमालेका नेताहरूले विभिन्न बहानाबाजी गर्न थाले। कसैले प्रधानमन्त्रीलाई प्रचण्डको सम्बोधन बारे जानकारी थिएन भने भने कसैले उनको स्वास्थ्यका कारण उपस्थित हुन नसकेको बताए । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको स्वास्थ्यका कारण उपस्थित हुन नसकेको बताएका थिए।
तर त्यही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेज मार्फत एउटा अचम्मको तस्बिर सार्वजनिक भयो। जसमा उनी दुईजना भाइरल टिकटकर अंशुवर्मा र मिस पवि भनेर चिनिने पवित्रा साकी सँग भेट भएको बताइएको छ। दिनभर भने आफ्नो विशेष काममा व्यस्त रहेको बताए पनि के काम भन्ने उनले उल्लेख गरेका छैनन् ।
अब कुरा आउँछ। संसदमा उपस्थित नभएको भनेर आलोचना चलिरहँदा दुई टिकटकरसँगको भेटको तस्बिर उनले किन सार्वजनिक गरे भन्ने विषय । प्रधानमन्त्री केपी शर्मा ओली यस्ता व्यक्ति हुन् जसले आफ्ना प्रतिद्वन्दीलाई जवाफ दिनका लागि अनेक सांकेतिक व्यवहार देखाउने गर्दछन्। यो तस्बिरले पनि प्रतिपक्षी दलका नेता एवं अन्य प्रतिपक्षी दलहरूलाई प्रचण्डको सम्बोधनलाई महत्व नदिएको देखाउनका लागि दुई टिकटकसँगको तस्बिर सार्वजनिक गरेको हुनसक्ने आकलन गरिएको छ।
सामान्यतया यस्ता कलाकारहरूले मन्त्री प्रधानमन्त्रीसँग भेटेका तस्बिर आफूले सार्वजनिक गर्ने गर्छन्। तर ओलीले भन्दै सांकेतिक रुपमा विपक्षी दललाई चिढ्याउनको लागि नै यस्ता तस्बिर आफैले सार्वजनिक गरेको आकलन गरिएको छ।