![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
चितवन । चितवन जिल्ला अदालतले आज थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाउन आदेश दिएको छ । बुधबारबाट चितवन जिल्ला अदालतमा सुरु भएको बहस नसकिएपछि उनलाई भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाइएको हो ।
बुधबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दामा आजबाट बयान सुरु भएको हो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो ।