काठमाडौं खबर माघ २२, २०८१
काठमाडौँ । नेपाली कांग्रेसले देशभरिका सबै जिल्लाका सभापति र उपसभापतिलाई अभिमुखीकरण गर्दैछ। आज मङ्गलबारदेखि सुरु हुने अभिमुखीकरण कार्यक्रम पोखरामा आयोजना हुने नेपाली कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कार्यपालिका रहेको छ।
प्रतिष्ठानले सोमबार पोखरामै प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख (उपसभापति)का लागि अभिमुखीकरण आयोजना गरेको थियो ।
प्रशिक्षणमा जिल्ला उपसभापति (जिल्लाको प्रशिक्षण विभागको जिम्मेवारी सम्हालेका) दुईमध्ये एकजनालाई मात्र बोलाइएको कांग्रेसले जनाएको छ ।