काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठमा रहेको हिमालय बोर्डिङ स्कुलले हिमालय सिङ्गिङ एण्ड डान्सिङ आइडल सम्पन्न गरेको छ। शनिबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको विद्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।
कार्यक्रममा अतिथिका रूपमा हाँस्य टेलिश्रृङ्खला हल्का रमाइलोका कलाकार कृष्ण शिवाकोटीको उपस्थिति थियो । यसका अतिरिक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका लेखा समिति संयोजक एवं विद्यालय सञ्चालक राजकाजी श्रेष्ठ, विद्यालय सञ्चालक समितिका अध्यक्ष डोलराज बस्याल, प्रधानाध्यापक खेम राज घिमिरे, सहायक प्रधानाध्यापक श्यामकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।
हरेक वर्ष विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको विद्यालयले यस वर्ष संगीत तथा नृत्य क्षेत्रमा विद्यार्थीलाई अब्बल बनाउनका लागि डान्सिङ एन्ड सिङ्गिङ कम्पिटिसन आयोजना गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूको चौतर्फी विकास गर्नका लागि विद्यालय यसप्रकारका कार्यक्रम गर्दै आइरहेको प्रधानाध्यापक खेमराज घिमिरेले जानकारी दिए।
कार्यक्रममा गायनतर्फ उत्कृष्ट प्रदर्शन गर्ने कक्षा ८ की छात्र प्रमीशा मैनाली हिमालय सिङ्गिङ आइडल बनिन् भने कक्षा ७ कि जिना लामा हिमालय डान्सिङ आइडल हुन सफल भएकी छन् । कार्यक्रम सम्पन्न भएपश्चात् विजेतालाई नगद ट्रफीका साथसाथै विभिन्न उपहार प्रदान गरिएको कार्यक्रम संयोजक रहेका पुष्कर बस्नेतले जानकारी दिए।