काठमाडौं । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचारी ठहर भएका छन् । मंगलबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तामाङलाई भ्रष्टाचारी ठहर गर्दै छ महिना कैद र बिगो चार लाख कायम गरी त्यति नै जरिवाना हुने फैसला गरेको हो।
उद्योगको ठाउँसारीका लागि सिफारिस गर्न चार लाख घुस लिएका उनलाई विशेष अदालतले दोषी ठहर गरेको हो । जुरीकर्ता उर्मिला पाण्डेयका व्यावसायिक साझेदार शेषनारायण अधिकारीसँग कडायतले गरेको कुराकानीको अडियो/भिडियोका आधारमा तामाङ दोषी ठहर भएका हुन् ।
वडाध्यक्ष तामाङले ललितपुर महानगरपालिका–२२ नख्खुमा रहेको पी थ्री प्रोडक्टस् तथा भिष्ठा आइकोनिक प्रोडक्सन प्रालिको स्थानान्तरण गरी चन्द्रागिरि–२ वसुन्डोलमा ठाउँसारी गर्न र विद्युत् जडान समेतको सिफारिस लिनका लागि बिचौलियामार्फत घुस मागेका थिए ।