

काठमाडौं । तीनवटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा एनआईसी एसिया, प्रभु र हिमालयन गरेर तीन बैङ्क कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ।
सोमबार सार्वजनिक तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूमध्ये प्रभुले सबैभन्दा बढी नाफा कमाएको थियो । यद्यपि, सोही अवधिमा बैङ्कले राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरिएको हो ।
बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैङ्कको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराएको छ ।
राष्ट्र बैङ्कले एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरूको पालना नगरेकोले हिमालयन बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराएको छ ।