

काठमाडौं । नेपालका सपन बस्नेत अस्ट्रेलियाली राष्ट्रिय फुटबल टिमको रेफ्री बनेका छन्। अस्ट्रेलियन फुटबल संघद्वारा सिडनीमा आयोजित न्यू साउथ वेल्स रेफ्री सेमिनारमा नेपालका रेफ्री सपन बस्नेतले उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् ।
आइतबार सम्पन्न सैद्धान्तिक र नेसनल फिटनेस टेस्टमा समेत सफल भएका छन्। आज एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि अस्ट्रेलियन रेफ्री हेड तथा फरमर प्रिमियर लिग रेफ्री जोन मोसले रेफ्री बस्नेतलाई प्रमाणपत्र वितरण गरे ।
अब निज बस्नेतले एनपीएल १, अस्ट्रेलियन कप र लिग १ समेत खेलाउन योग्य रहेको बताइएको छ । सन् २०१९ मा एन्फाले सन्चालन गरेको रेफ्री कोर्षमा उत्तीर्ण गरी रेफ्री गर्दै आएका बस्नेतले अस्ट्रेलियामा सन् २०२२ मा लेबल ४, २०२३ मा लेवल ३ र २ समेत उत्तीर्ण गरी खेल सन्चालन गर्दै आएका छन् ।एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेको खण्डमा ए लिग समेत छिट्टै खेलाउन पाउने बताइएको छ ।