काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले शनिबार मध्यरातमा लेखेको एउटा स्टाटसले उनका समर्थकहरूमा निराशा बढाएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा आफ्नो खेल जीवनबाट सन्यास लिन लागेको संकेतले उनका समर्थकहरूमा निराशा बढेको हो।
अङ्ग्रेजी भाषामा लेखेको उनको स्टाटसमा भनिएको छ : ‘धन्यवाद ! सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ । यो माया र हौसला मेरा लागि सबथोक भएको र सदा मनमा विशेष किसिमले रहिरहनेछ ।’
उनको यो स्टाटस सन्यास लिनको लागि हो या एटेन्सन पाउनको लागि हो भन्ने यकिन भइसकेको छैन । पछिल्लो समय पहिलो संस्करणको एनपीएल खेलमा उनले नेतृत्व गरेको विराटनगर किङ्सले दु:खद् प्रदर्शन गरेपछि उनका समर्थकहरू निराश बनेका थिए। यद्यपि उनले तत्कालै सन्यास लिनुपर्ने उल्लेखनीय कारण नभएपनि उनको स्टाटसबाट भन्दै उनले सन्यासको बाटो रोज्न लागेको संकेत देखिन्छ।