काठमाडौं खबर माघ ३, २०८१
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको एक घरमा आल्मोनियमको काम गर्ने एक श्रमिकको ज्यान गएको छ ।
सो ठाउँमा बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर मोरङ घर भई काठमाडौंको पेप्सिकोला बस्ने २७ वर्षीय रोशन माझीको ज्यान गएको हो । करेन्ट लागेपछि उपचारका लागि करूणा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।