काठमाडौं। काठमाडौँको स्वर्ण लक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज थुन्छेक बहस हुँदैछ। गत बिहीबार कास्कीबाट हिरासतमुक्त भएपछि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका सभापति लामिछानेलाई अदालतले हिजो प्रहरीको जिम्मा लगाएको थियो।
हिजो बयान सकिएपछि थुन्छेक बहस सुरु गर्ने भनिए पनि समय अभाव भएको भन्दै उनलाई प्रहरीको जिम्मा लगाएर सोमबारदेखि बहस सुरु गर्ने तय भएको थियो।
थुन्छेक बहस न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुँदैछ। लामिछानेको तर्फबाट पूर्व महान्यायाधिवक्ता द्वय सुशील पन्त र रमन श्रेष्ठले बहस गर्दैछन् ।
दुवै पक्षको बहस सकिएमा आज नै आदेश आउने सम्भावना रहेको छ। दुवै पक्षको बहस नसकिएको खण्डमा भने लामिछाने बुधबारसम्म प्रहरी हिरासतमा बस्नुपर्ने देखिन्छ।
सोमबार बहस नसकिएको खण्डमा मङ्गलबार अर्थात् भोलि माघे संक्रान्तिको सार्वजनिक विधा रहेकाले अर्को बहस बुधबार हुनेछ ।