काठमाडौं खबर पुस २८, २०८१
काठमाडौं। सिजन सुरु भएसँगै सहरखण्ड, तरुल र पिडालुको भाउ आकासिएको छ । माघे संक्रान्ति नजिकिएसँगै बजारमा सखरखण्ड तरुल र पीडालुको माग उच्च हुन थालेको छ।
माग बढेसँगै कालिमाटी तरकारी बजार एवं काठमाडौँका अन्य तरकारी बजारमा समेत यी तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ।
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबार जारी गरेको कृषि उपजहरूको थोक मूल्य अनुसार सखरखण्ड प्रतिकेजी ८०, पिँडालु प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु १२०, च्याउ (कन्य) प्रतिकेजी रु १२०, च्याउ (डल्ले) प्रतिकेजी रु ३८० निर्धारण गरिएको छ ।
कालिमाटी तरकारी बजारमा सो भाउ निर्धारण गरिएको भएपनि खुद्रा तरकारी बेच्ने पसलहरूमा भने कालिमाटीको तुलनामा झन्डै दोब्बर मूल्यसम्ममा यी तरकारीहरू बिक्री हुने गरेका छन्।