काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूहका तर्फबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। आफ्ना प्रतिद्वन्दी महेशकुमार थापाको भन्दा झन्डै दोब्बर मतसहित पोखरेलले अध्यक्ष पदमा चुनाव जितेका हुन्। अन्य पदमा पनि पोखरेल नेतृत्वकै लोकतान्त्रिक प्यानलले जित हासिल गरेको छ।
सर्वोच्च बारका लागि काङ्ग्रेस निकट डेमोक्रटिक लयर्स एसोसिएसन डिएलए र नेकपा समाजवादी निकट समाजवादी लयर्स एसोसिएसनबीच गठबन्धन भएको थियो।
उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन्। सचिवमा यही टिमबाट रमणकुमार कर्ण र सहसचिवमा पुनदेपी महर्जन निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत निर्वाचित भएका छन्।
अन्य विजयी सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी रहेका छन्। उनीहरु सबै पोखरेल नेतृत्वको प्यानलबाटै निर्वाचित भएका हुन्।